नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 329 · वि.सं. २०२३

नि.नं. 329 — हक कायम गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) राजिनामा लिखतको चार किल्ला नापीनक्सामा दुरुस्त मिल्न भिड्न नआए राजिनामा गराई लिएको गुठी जग्गाको दर्ता किल्लाको कुनै जग्गा पनि झगडा परेको ठाउँमा नभई फरक बेगल भएमा । धनी हर्षबहादुर ध्वालु श्रेष्ठ ऋणी हर्षबहादुर प्रजापति भएको रु.६०१।–को ०४।६।२५ को ०४।७।३ गते रजिष्ट्रेशन पास भएको राजिनामा हेर्दा, श्री ५ को सरकार गुठी तहसिल अड्डामा मोहिया दर्ता भएको सो जग्गामा साल १ को तिरो धान ४।७।६ गहुँ ।११।५।६ नगदी रु.२।४९ तिरी बुझाउनु पर्ने श्री त्रिपुरेश्वर महादेव गुठीको ८६।८७ खला नं.को जस्तीको खेत रोपनी २।१ जग्गा राजिनामा गरी दियौं भन्ने लेखिएको र भ.पु.पैल्हा मालबाट दिएको जवाफमा हेर्दा, न.नं.२२९ को मोठ लगतको उतार यसैसाथ पठाई दिएको छ । खोलो कट्टी भएको लगतबाट देखिएको भन्ने जवाफ आई मिसिल सामेल रहेको पनि देखिन आयो । प्रतिवादीले हर्षबहादुर प्रजापतिबाट राजिनामा गरी लिएको उक्त राजिनामामा कुनै पनि किल्ला नलेखिएको भए पनि सिं सिं कुमालबाट हर्षबहादुरले गराई लिएको राजिनामाको जग्गा प्रतिवादीले लिएको हुनाले सिं सिं कुमालले गरी दिएको राजिनामा हेर्दा, पुर्व बिर्ता रैकर पश्चिम रैकर खोला उत्तर रैकर बिर्ता देखि रैकर छाप्रो भन्ने लेखिएको सो किल्ला ८० सालको नक्सामा भिडाईदा झगडा परेको जग्गामा दुरुस्त मिल्न नआएको । उस्मा पनि प्रतिवादीले राजिनामा गराई लिएको गुठी जग्गाको दर्ता २६८ नं.मा २६९ नं.पूर्व २६६ नं.पश्चिम भन्ने र २७७ नं.मा २८० नं.पूर्व २७८ नं.पश्चिम भन्ने लेखिएको सो किल्लाको कुनै जग्गा पनि झगडा परेको ठाउँमा नभई उक्त किल्लाको र गुठीको जग्गाको नम्बर जनिएको जग्गा झगडा परेको ठाउँ देखि फरकै बेग्लै भएको वादी का २२९ नं.मा जोडिदै नजोडिएको प्रष्टै देखिएकोले वादीको २२९ नं.को जग्गामा साँध मिलेको मेरो उक्त गुठीको जग्गा भन्ने प्रतिवादीको जिकीर पुग्न सक्ने देखिएन । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.329
मुद्दाको विषयहक कायम गरी पाउँ
निर्णय वर्ष / मिति2023/05/24
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 329
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्