नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3285 · वि.सं. २०४४
नि.नं. 3285 — अंश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
अंशबण्डाको ३० नं. बमोजिम अंशबण्डा भएको कायम हुनुपर्ने भन्ने हकमा छोडपत्र पासै हुनुपर्ने भन्ने व्यवस्था ०३४।७ मा मात्र लागू भएको भए पनि सो लागू हुनु पूर्व पनि अचल सम्पत्तिमा कुनै किसिमले पनि आफ्नो हकको छोडी दिएको लिखत पास गराउनु पर्ने रजिष्ट्रेशनको १ नं. मा व्यवस्था भएको अंश छोडपत्रबाट आफू अंशमा लिएको बाहेक अरु सम्पत्तिमा छोडपत्र गर्ने हक छोडी दिएको कागज हुँदा पास हुनै पर्ने देखिएकोले पेश भएको छोडपत्र पास भएको नदेखिएकोले सो कागजलाई कानुनी मान्यता दिई त्यसबाट अंशबण्डा भइसकेको भनी ठहर गर्न नमिल्ने । (प्रकरण नं. २०) घर जग्गा वादीका नाउँमा दाखिल खारेज भइसकेको नदेखिएको र बिक्री व्यवहार समेत गरेको देखिन नआएकोबाट खाली भोगेकै अधारमा अंशबण्डा भइसकेको भनी ठहर गर्न अ.बं. मा भएको व्यवस्थाले नमिल्ने । (प्रकरण नं. २०) यो यस मितिमा मानो छुट्टिएको हो भनी छोडपत्र समेतका कुनै लिखितबाट नदेखिएको हुँदा फिराद परेको अघिल्लो दिन मानो छुट्टिएको मिति कायम गरेकोमा अन्यथा गरिरहन पर्ने अवस्था देखिन नआउने । (प्रकरण नं. २०) २०२५ सालको लिखतबाट पुनरावेदकका नाममा खरीद भएको जग्गा आफ्नो सीप आर्जनको अंशबण्डाको १८ नं. ले बण्डा दिन नपर्ने भन्ने हकमा यदि सो भए तायदातीमा दिनै नपर्ने दिएको र दिँदा पनि सो जिकिर लिन नसकेबाट यस जिकिरलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3285 |
|---|---|
| मुद्दाको विषय | अंश । |
| निर्णय वर्ष / मिति | 2044/07/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3285 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
