नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3284 · वि.सं. २०४४
नि.नं. 3284 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
विवादको जग्गा गुठी रैतानी नम्बरीमा निवेदकको नाउँमा दर्ता भइरहेको जग्गा देखिन आएको र यिनै जग्गा सम्बन्धमा अघि गुठी संस्थान वादी भई दिएको बिक्री बदर गरिपाउँ भन्ने मुद्दा परी स.अ.बाट समेत निवेदकको पूर्ण स्वामित्व कायम भई फैसला भइरहेको देखिन आएकोबाट विवादको जग्गामा निवेदकको पूर्ण स्वामित्व रहेको कुरामा विचार गरिरहनु पर्ने देखिन नआउने । (प्रकरण नं. १९) नागरिकलाई यो भाग अन्तर्गत प्राप्त मौलिक हकलाई व्यवस्थित र नियन्त्रण गर्न बनेको के कस्तो ऐनलाई यो उपधारा १ अन्तर्गत सार्वजनिक हितको लागि बनेको भनी सम्झनु पर्ने हो सो कुरा उपधारा २ मा व्यवस्था गरी त्यस्तो ऐनको प्रस्तावनामा सोही उपधारा २ को देहायमा उल्लेख भएका सबै वा केही उद्देश्य उल्लेख भएमा सो ऐनलाई सार्वजनिक हितको लागि बनेको भनी मान्नु पर्ने व्यवस्था गरिएको स्पष्ट छ, यस धारामा भएका यी व्यवस्थाहरूको समष्टी रुपमा विचार गर्दा कुनै ऐन यस धाराको उपधारा १ अन्तर्गत सार्वजनिक हितको लागी बनेको मानिन सो ऐनको दफामा सार्वजनिक हितको कुरा उल्लेख गर्दैमा पर्याप्त हुँदैन त्यसको प्रस्तावनामा नै उपधारा २ को देहायमा उल्लेख भएका सबै वा केही उद्देश्य उल्लेख हुनुपर्ने । (प्रकरण नं. २०) ऐनको दफा ६ मा व्यवस्था भए बमोजिम सम्बन्धित जग्गाको बढी आवत जावत हुने ठाउँमा जग्गा प्राप्त गर्ने सूचना टाँस गर्नु अनिवार्य गरेकोमा सो बमोजिम नगरी विभिन्न कार्यालयमा सूचना टाँस गर्न पठाएको र यसको अलावा प्रारम्भिक कारवाही समाप्त गरी पठाएको प्रतिवेदनबाट जग्गा प्राप्त गर्नेतर्फ स्थानीय अधिकारीले कारवाही गर्दा पनि सोही ऐनको दफा ९ मा व्यवस्था भए बमोजिम कुन कामको लागि जग्गा प्राप्त गरिने हो सो कुरा प्रष्ट खोली उपदफा २ बमोजिमका ठाउँहरूमा जग्गा प्राप्त गरिने सूचना टाँस गर्नुपर्नेमा सम्बन्धित ठाउँमा भनी वा.नं. ८ मा सूचना टाँस गरेको देखिए पनि सो वा.नं. ८ मा उक्त उपदफा २ मा व्यवस्था भए बमोजिम सम्बन्धित जग्गाको आसपासमा बढी आवागमन हुने स्थानमा टाँस गरेको भन्ने स्पष्ट देखिन नआएकोबाट सो सूचना रीतपूर्वक तामेल भएको भन्न सकिने अवस्था रहन आएन, अतः यी सबै त्रुटीहरूको कारणबाट जग्गा प्राप्त गरेको कानुनसंगत मान्न सकिने अवस्था नरहेकोले विवादमा आएको जग्गा प्राप्ती ऐन कानुन बमोजिम हो माने पनि सो जग्गा प्राप्त गरेको निर्णय समर्थन गर्न सकिने अवस्था नहुँदा माग बमोजिम उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3284 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2044/07/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3284 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
