नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3283 · वि.सं. २०४४
नि.नं. 3283 — उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
निवेदककै व्यहोरा अनुसार भएका कारवाहीहरूमा निरन्तरता देखिएको र सो कारवाहीहरूको अन्त्य विपक्षीका श्रीमतीको नाममा निवेदकले जग्गा पारीत गरी दिई सकेपछि भएको देखिन्छ, बेहोश अवस्थामा मालपोत कार्यालयमा लगी कागजमा सहिछाप गराएको भन्ने कथन विश्वसनीय नभएको भन्ने आधारमा निवेदकको नं. १५०२ को रिट निवेदन खारेज भएबाट सो भन्दा अघि भए गरिएका कार्यवाहीको सम्बन्धमा निर्णय गरे पनि निष्प्रयोजित एवं निरर्थक नै हुने देखिन्छ, सो को अतिरिक्त अन्य कागज नगरे नगराएको भन्ने जिल्ला कार्यालयको लिखित जवाफबाट देखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गरी रहन नपर्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3283 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा अन्य जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/08/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3283 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
