नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 328 · वि.सं. २०२३
नि.नं. 328 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निवेदकको हकको श्रोत निजामती सेवा ऐन, २०१३ को दफाहरूबाट भएमा हक हनन हुन गए सो नै ऐनले निदृष्ट मार्ग अपनाउनु पर्ने । निवेदकको कानूनी हकको श्रोत निजामती सेवा ऐन, २०१३ को दफा ५ र ६ भनी बहस गरियो । निवेदकको जे जस्तो किसिमको हक भए तापनि त्यो हनन भएको खण्डमा निजले अपनाउनु पर्ने मार्ग निजामती सेवा ऐन, २०१३ को दफा ९ (१) मा निर्देश गरिएको छ । निवेदकले त्यसतर्फ चलि अर्कैबाट अपनाएको प्रष्टै छ । (प्रकरण नं. १३) (२) निजामती सेवा ऐन, २०१३ को दफा ६ (१) (ख)–सफाइको मौका दिँदा अव्यवहारिक हुने देखिएमा अधिकारीले कारण खुलाई पर्चा खडा गर्न सक्ने नियमावलीमा अधिकार कार्यान्वित गर्नेबारे व्यवस्था हुने नियमावलीको अपवाद ऐन को ६ (१) (ख) ले अधिकारीलाई अधिकार प्रदान गरेको देखिने । ऐन र नियमावलीको व्यवस्था भिन्न भिन्नै भन्ने कुरा नमिल्ने । सजायको आदेश दिन पाउने अधिकारीको चित्तमा नियमावलीबमोजिम विभागीय जाँच बुझ गरी सफाइको मौका दिँदा अव्यवहारिक हुन्छ भन्ने लागि त्यसको कारण खुलाई पर्चा खडा गरी कुनै कर्मचारीलाई बर्खास्त गर्नपाउने अधिकार ऐनको दफा ६ (१) (ख) ले उक्त अधिकारीलाई दिएको छ । ऐनले अधिकार प्रदान गर्ने र नियमावलीले अमुक अधिकार कसरी कार्यान्वित गर्ने त्यसको व्यवस्था गरेको हुन्छ । नियमावलीबमोजिम बिभागीय जाँचबुझ गर्ने सफाइको मौका दिने इत्यादि कार्यविधिको अपवाद (Exception) ऐनको दफा ६ (१) (ख) ले अधिकारीलाई दिएको प्रष्ट छ । तसर्थ, ऐनको दफा ६ को व्यवस्था र नियमावलीको व्यवस्था भिन्ना भिन्नै हो र विशेषण थपी बर्खास्त गर्न नपाउने भन्ने निवेदकतर्फको जिकिर तर्कसंगत देखिएन । त्यसतो हुँदा निवेदकलाई बर्खास्त गर्ने निर्णय कानूनबमोजिम भई भएको देखिन्छ । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 328 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2022/12/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२३, नि.नं. 328 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
