नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3279 · वि.सं. २०४४

नि.नं. 3279 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

उल्लेख गरे बमोजिम वीर बहादुरले नै आफ्नो छोरालाई मागेको केटी मृतकले भगाएको रिसमा खुकुरीले चोट छोडी मारेको र अन्य व्यक्तिहरूको सहयोग समेत लिई फालेको कुरा सिलसिलाबद्ध रुपमा पुष्टि भएको हुँदा मृतकको मृत्यु वीर बहादुरकै कर्तव्यबाट भएको देखिने । (प्रकरण नं. ३६) मृतकलाई मार्नमा प्र.मोतिबहादुरले मुख्य भई बचन दिएको नभए पनि मार्न जान लाग्दा रोकछेक नगरी आफू चुपचाप घरतर्फ गएको र मारी सकेपछि पनि आफूले जाहेर नगरी अरुलाई समेत जाहेर गर्नबाट रोकी लाश अन्यत्र फाल्न आफ्नै छोराहरू समेत जाँदा पनि आफू चूप लागी बसेको देखिएबाट मोतिबहादुरले ज्या.सं.को १३(४) नं. को कसूर गरेको देखियो अतः माथि उल्लेख गरिए बमोजिम प्र.वीर बहादुरलाई ज्या.सं.का १३(१) नं. र प्र.मोतिबहादुरलाई ज्या.सं.को १३(४) को कसूर ठहर्‍याएको शुरुको इन्साफ मनासिब ठहर्छ तर प्रतिवादी मोतिबहादुर कसूर हुँदाको अवस्थामा निजको उमेर ७३ वर्ष पुगिसकेको र यस्तो अति बृद्ध भई सुझबुझ समेत कम हुँदै गएको अवस्थाले गर्दा पनि कसूर गर्ने र त्यस्तो कसूर भएपछि पनि लाश फाल्नबाट रोकछेक गरी जाहेर नगरेको हुन सक्ने स्थिति पनि रहन जाने हुन सक्दछ, यसरी नै निज हाल ७७ वर्ष उमेर पुगिसकेको देखिँदा शुरुले ज्या.सं.को १३(४) नं. बमोजिम जन्मकैदको सजायँ गर्दा चर्को हुन जाने हुँदा अ.बं. १८८ नं. बमोजिम कैदवर्ष ३ मात्र हुने । (प्रकरण नं. ३७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3279
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2044/07/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3279
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्