नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3278 · वि.सं. २०४४

नि.नं. 3278 — अंश दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

वादीका नाउँमा छुट्टै दर्ता तिरो समेतका जग्गा देखिन आएको छ । वादीले आफ्ना नाउँको केही जग्गा बेचविखन समेत गरेको देखिन्छ, व्यवहार प्रमाणबाट वादी प्रतिवादी छुट्टी भिन्न भई अलग अलग रहेको देखिन आयो, निजहरू सगोलमा रहे बसेको देखिने तथ्ययुक्त अन्य कुनै प्रमाण पेश दाखेल हुनसकेको छैन, तत्कालिन अंशबण्डाको ३० नं. ले पनि व्यवहार प्रमाणबाट छुट्टी भिन्न भएको देखिएकोलाई अंशबण्डाको कागज नभए पनि मान्यता दिएको छ, अतः यस्तो स्थितिमा वादी प्रतिवादीहरू बेगल भइसकेको देखिन आएबाट वादीको प्रतिवादीहरूबाट २ भागको १ भाग अंश पाउँ भन्ने दावा पुग्न नसक्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3278
मुद्दाको विषयअंश दर्ता
निर्णय वर्ष / मिति2044/08/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3278
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्