नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3265 · वि.सं. २०४४
नि.नं. 3265 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
मालबस्तुको चलानी खर्च पनि बस्तुको मूल्यमा समावेश भएको मान्नु पर्ने हुन्छ त्यसरी बिक्री मूल्यमा परेको चलानी खर्चमा बिक्रीकर लगाउन नमिल्ने भन्न नमिल्ने । (प्रकरण नं. ९) बिक्रीकर फर्छ्र्योट आयोग बक्यौता बाँकी रहेको बिक्रीकर फर्छ्र्योट गर्नका लागि श्री ५ को सरकार अर्थमन्त्रालयबाट मिति ०४०।१०।९ को नेपाल राजपत्रमा सूचना प्रकाशित गरी गठन भएको देखिन्छ, सो आयोगलाई कर फर्छ्र्योट ऐन, २०३३ को दफा ६ ले कर सम्बन्धमा कारवाही गर्दा श्री ५ को सरकार कर विभाग, महानिर्देशक र कर अधिकृतलाई भएको सबै अधिकार प्रयोग गर्न सक्ने अधिकार प्रदान गरेको देखिन्छ, जसबाट बिक्रीकर ऐन, २०२३ को दफा ११ अन्तर्गत न्यायोचित तरिकाबाट उक्त दफा ११ को उपदफा (१) को देहाय (क) देखि (घ) सम्मका कुराहरूलाई ध्यानमा राखी र कर छल्ने नियतले झुठ्ठा विवरण वा फाँटवारी दाखिल गर्ने विक्रेताको हकमा सो दफा ११ को उपदफा (२) बमोजिम बिक्रीकर निर्धारण गर्न सक्ने । (प्रकरण नं. ९) कर अधिकृतबाट छुट्टा छुट्टै सालका लागि छुट्टा छुट्टै बिक्रीकर रकम निर्धारण गरी सूचना दिएको देखिएबाट, जिकिर युक्तिसंगत नदेखिने । (प्रकरण नं. १०) बिक्री कर फर्छ्र्योट आयोगमा पेश भएको फाइलहरू शुरुवात वा नयाँ कारवाही नभई सोही पहिलेकै कारवाही जारी भएको हुँदा कर अधिकृतले सम्पन गरी सकेको कार्यविधि पुनः अपनाउनु पर्ने भन्ने न्यायसंगत नदेखिँदा प्राकृतिक न्यायको सिद्धान्त विपरीत निर्णय गरेको भन्न नमिल्ने। (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3265 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/08/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3265 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
