नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 326 · वि.सं. २०२३

नि.नं. 326 — खुन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मिसिलबाट भनाइ समर्थित नभएमा र मौका सर्जमिनका मानिसले कसुरको पुष्ट्याँई गरी लेखी दिएमा कसुर रहनेछ भन्न नमिल्ने । मर्ने गुर्दि मुहाउ सुतिरहेको ठाउँमा आफूसमेत गएकोमा निवेदक हे.कं.पद्मबहादुर सावित भएको देखियो । गौरीशंकरले लछारपछार पारेको भन्ने निज हे.कं. पद्मबहादुरको भनाइका हकमा त्यो कुरा मिसिल प्रमाणबाट समर्थित हुनसकेको देखिएन । बुहारीलाई ढोका घचघच्याएको थिएँ । बुहारीले ढोका खोलिन भन्ने रीसले भगवानपुर पुलिस चौकीको हवल्दार भन्नेले मलाई कुटेका हुन भनी मर्ने गुर्दिको मुखबाट सुनेको र वारदातको भोलिपल्ट बिहान ७ बजेको टायम भगवानपुर पुलिस चौकीको नयाँ हवल्दार भन्ने आई गुर्दिको नजिकमा गई निजको घा चोटबाट निस्केको रगतलाई पानी मगाई आफैले धुँदै मैले आज राती यो बुढालाई सित्तैमा चुटेंछु । मेरो गल्ती हो भनेको सुनेको समेत भनी प्र.सरांअरि समेतले र भोलीपल्ट बिहान हवल्दार भन्ने मानिस आई माफि मागेको सुनेको समेत भनी हनुमानप्रसाद समेतले मौका तहकिकात सर्जमिनमा लेखी दिएको समेतबाट मर्ने गुर्दि मुराउलाई निवेदक हे.कं.पद्मबहादुरले नै लछार पछार पारे कुटेको प्रमाणित हुने हुँदा निजको कसुर रहेनछ भन्न मिलेन । (प्रकरण नं. १२) (२) कस्तो वारदात भबितव्य भन्न नमिल्ने ? मर्नेको पोष्टमार्टममा प्रसस्त निल डाम छाला खुईलेको घाउ खत र स्पलीनको पर्दामा चोट समेत लागी रगत जमेको समेत देखिन आएमा भबितव्य भन्न नमिल्ने । हाल जाँच पोष्टमार्टमबाट ५ वटा निल २ वटा छाला खुइलेको घाउ खत र स्प्लीनको पर्दामा चोट लागी रगत जमेको सोही चोट पिरले मरेको भन्ने देखिएको र सिर्फ पालो पहरा किन नगरेको भन्ने स्वभावले यस्तो अवस्थामा यस किसिमसँग घाउ चोट पर्ने गरी कुटेको हुनु नपर्ने हुनाले यस्तो अवस्थाको कसूरलाई भवितव्य भन्ने ऐनले मिल्ने देखिन आएन । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.326
मुद्दाको विषयखुन
निर्णय वर्ष / मिति2023/03/21
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 326
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्