नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3259 · वि.सं. २०४४

नि.नं. 3259 — जग्गा खिचोला मुद्दामा पुनरावेदनको अनुमति पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

मथुरा प्रसाद मिश्रले प्रस्तुत मुद्दामा वादी पद्म कुमारी उपर दिएको जग्गा खिचोला मुद्दामा २०२५।३।१ मा नक्शा हुँदा न.नं. ३१ मा विष्णुमायाको जग्गा भनी देखाई नक्शा भएको हुनाले सो मिति २०२५।३।१ को नक्शाबाट वादीलाई मुद्दा गर्नु पर्ने कारण प्रष्ट हुन आउने । (प्रकरण नं. २)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3259
मुद्दाको विषयजग्गा खिचोला मुद्दामा पुनरावेदनको अनुमति पाउँ
निर्णय वर्ष / मिति2044/09/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय र म.क्षे.अ.बाट ठहर हुँदा रामरतनसँगको यीनै वादीको मुद्दा परी २०३४।१०।१ मा भएको नक्शामा देखाइएका कुराहरूको आधारमा यो मुद्दा परेको देखिन आएको यिनै जग्गाहरू सम्बन्धमा यिनै वादी उपर परेको जग्गा खिचोला मुद्दामा २०२५।३।१ मा भएको नक्शामा यी वादीका जग्गाहरू यिनै प्रतिवादीहरूको भनी विभिन्न न.नं.मा जनिई नक्शा भइरहेको देखिन आएकोले यदि दावीको जग्गा वादीको हकको भए सो नक्शा भएको मितिले म्यादभित्र उजूर गर्नु पर्नेमा नगरी हाल मात्र २०३४।१०।१ मा नक्शामा लेखाई खिचोला समेत गरेको भनी यो फिराद परेकोमा प्रतिवादीले आफ्नो प्रतिउत्तर जिकिरमा दावीको जग्गाहरू अघिदेखि नै हाम्रो हकभोगमा रही नक्शामा समेत जनिएको छ भनी जिकिर लिएको अवस्थामा फिराद जिकिरलाई मात्र मान्यता दिई म्यादभित्र फिराद गरेको भन्न नमिल्ने | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको मिति २०४४।५।२६ मा राय भई माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी यस इजलास समक्ष पेश हुन आएको छ । | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानले गर्नु भएको आदेश मनासिब छ ।
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3259
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्