नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3257 · वि.सं. २०४४
नि.नं. 3257 — जग्गामा टंटा चलन समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
भोला नाथबाट राजीनामा रजिष्ट्रेशन पारीत गरी लिएपछि विवादित जग्गामा निजको हक टुटिसकेको मान्नु पर्ने हुन्छ । भोलानाथबाट बैकुण्ठनाथले हक टुटाई लिएको आधारमा विवादित जग्गा नामसारी दर्ता गराई लिएको नभई अपुतालीको नाताबाट दर्ता गराई लिएको देखिँदा छोराको ठाउँमा बाबु दर्तावालाको रुपमा सम्म कायम हुन आएको मान्नु पर्ने हुन्छ, यस्तो स्थितिमा भोलानाथले रेखा महतोलाई मिति २०२४।८।२८ मा गरी दिएको लिखतको दायित्वबाट निज मुक्त हुनसक्ने अवस्था देखिन आउँदैन, भोलानाथ के हक टुटिसकेको जग्गाको बैकुण्ठनाथले गराई लिएको नामसारी दर्तालाई वैध नामसारी दर्ता मान्न नमिल्ने । (प्रकरण नं. १४) वादी जग्गा नामसारी गरिपाउँ भूमिप्रशासन कार्यालयमा गएको र भूमिप्रशासनले तेरो मेरोमा नालेश गर्न जानु भनी सुनाएपछि वादी नालेश गर्न आएको देखिएकैछ, यस स्थितिमा वादीको नामसारी बदर गरिपाउँ भन्ने फिरादलाई म्याद नाघी परेको मान्न नमिल्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3257 |
|---|---|
| मुद्दाको विषय | जग्गामा टंटा चलन समेत |
| निर्णय वर्ष / मिति | 2044/11/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3257 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
