नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3255 · वि.सं. २०४४
नि.नं. 3255 — अंश माना चामल
सिद्धान्त / नजिर सार (Headnote Summary)
अर्कोसंग करणी गराएकी छु भनी स्वास्नी अड्डामा सावित भएको अवस्थामा लोग्ने स्वास्नीको सम्बन्ध स्वतः विच्छेद हुने भएबाट सम्बन्ध बिच्छेद गर्न लोग्नेले छुट्टै नालेश गर्नुे पर्ने भन्ने जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं. १२) कार्यविधिगत त्रुटीको कारणले मुद्दा खारेज हुँदैमा मुद्दामा पक्षले स्वेच्छापूर्वक व्यक्त गरिसकेको कुराको विपरीत हुने गरी अन्य दावी वा जिकिर लिन पाउँछ भन्न नमिल्ने । (प्रकरण नं. १४) अर्को विवाह समेत गरी आफ्नो साविकको स्थितिमा परिवर्तन गरेकोबाट अब आएर सत्यमा बसेकी छु भन्न पाउने अवस्था आउँदैन, एउटा मुद्दामा एक व्यहोरा र दोश्रो मुद्दामा सो व्यहोरा विपरीत भन्न पाउने हुँदैन विबन्धनको सिद्धान्त लागू हुने । (प्रकरण नं. १५) ५ भागको १ भाग मेरो र मेरो छोराको अंश दिलाई माना चामल समेत भराई पाउँ भन्ने वादीको दावी भएपनि मूल रुपमा कल्पना कुमारीकै दावी भएको र स्वतन्त्र रुपमा छोराको समेत दावी भई मुद्दा चलेको नदेखिएको र पछि रीतपूर्वक फिराद परेका बखत निर्णय हुनसक्ने नै देखिँदा प्रस्तुत मुद्दाबाट निजको हकमा निर्णय गरिरहनु नपर्ने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3255 |
|---|---|
| मुद्दाको विषय | अंश माना चामल |
| निर्णय वर्ष / मिति | 2044/10/21 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3255 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
