नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3253 · वि.सं. २०४४
नि.नं. 3253 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
चस्मदिद सबूद प्रमाणको अभावमा केवल शंकाको भरमा अपराधी ठहर गर्न न्यायसंगत नदेखिने । (प्रकरण नं. ३९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3253 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2044/09/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय । | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय भई मिति २०४३।८।१८।४ मा फैसला भएको रहेछ । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानबाट प्रतिवादीहरूलाई सफाई दिने गरेको राय मिलेको छैन भन्ने समेत बहस गर्नु भयो । पुनरावेदक प्रतिवादी झलक बहादुर गुरुङ तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले मर्ने चन्द्र बहादुर गुरुङ आफैं लडी मरेको हो । प्रतिवादी पुनरावेदक झलक बहादुरले कर्तव्य गरी मारेको होइन । सरजमीनका व्यक्तिहरू कसैले पनि झलक बहादुरले चोट छाडेको देखेको भन्न सकेको छैन । चोट छाडेका देख्ने भनेका व्यक्तिहरु मौका सरजमीनमा बसेको छैन । त्यस्ता व्यक्तिको भनाइलाई प्रमाणमा लिन मिल्दैन । तसर्थ प्रतिवादी झलक बहादुरले सफाई पाउनु पर्दछ भन्ने समेत बहस गर्नु भयो । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ । अरु तपसील बमोजिम गर्नु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3253 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
