नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3251 · वि.सं. २०४४

नि.नं. 3251 — नाता कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफूलाई पञ्चायतमा गराएको भनेको कागज र पुनरावेदक उपर नाता कायम गरिपाउँ भनी दिएका फिरादपत्र समेत झुक्याई जालसाजबाट गराई लिएको हुँदा सो कागजहरूको प्रमाण नलिई प्र.सँग लोग्ने स्वास्नीको नाता कायम गरिपाउँ भनी दावी लिई उजूर गरेकोमा अञ्चल अदालतबाट संकलित सबूद प्रमाण तथा साक्षीहरूको बकाइको आधारमा सो कागजहरूलाई दावी बमोजिम झुक्याई जालसाजबाट गराएको भन्ने वादी दावीलाई मान्यता नदिई सोही प्रमाण कागजहरूको आधारमा मुख समेत पतित भइसकेको भन्ने बूँदा उल्लेख भई दावी बमोजिम बाबुरामसँग स्वास्नीको नाता कायम गरिपाउँ भन्ने दावी नपुग्ने भनी ठहर गरे उपर वादीको क्षेत्रीय अदालतमा पुनरावेदन परेकोमा निजले कानुन बमोजिमको सबूद प्रमाण पुर्‍याई आफ्नो दावी कायम गराई लिन पर्नेमा पुनरावेदनको तारिखै गुजारी पुनरावेदन डिसमिस गराई बसेको हुँदा निजको दावी नै खम्वीर हुन नआएको हुँदा पेटबोलीबाट बुझिएका प्रतिवादी बनाइएका पुनरावेदक तर्फबाट लिइएको जिकिर बमोजिम कमलाको गर्भ को कसको हो र सो प्रमाण कागजहरू वादीले देखाए बमोजिम झुक्याई जालसाज गरेको हो होइन ? त्यसतर्फ विचारै गरिरहन पर्ने अवस्था नरहने । (प्रकरण नं. १६) अञ्चल अदालतले वादी कमला मुख पतित भइसकेको भनी लेखेको बूँदा र क्षेत्रीय अदालतले वादीको पुनरावेदन डिसमिस गराएको हुँदा वादी कमला प्र.की स्वास्नी हो होइन वा कसकी स्वास्नी हो भनी नाता कायम गरिरहन नपर्ने भनी फैसलामा लेखेको देखिएको मनासिब ठहर्ने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3251
मुद्दाको विषयनाता कायम ।
निर्णय वर्ष / मिति2044/09/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3251
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्