नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 325 · वि.सं. २०२३
नि.नं. 325 — जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विधवा अंशधनका ऐनले खुस गर्न पाउने सम्ममा अघि बिक्री भएको कटाई बकस सदर गरी मुद्दा छिनिएको र आफू खुश गर्न पाउने जग्गा रहन नआएकोमा राजिनामा सदर हुन्छ भन्न नमिल्ने । अगाडिकै मिति पारी जालसाजी लिखित गरेको भन्न ठहराउन मिल्ने ठोस सबुद समेत नभएको र राजीखुशीबाट लिनु दिनु गरेकोमा जालसाज भन्न नमिल्ने । वादी महंथप्रसाद कुर्मीको र प्र.सहदेव समेतको बकसपत्र बदर मुद्दामा विधवा अंश धनका ऐनले खुश गर्न पाउने सम्ममा अघि बिक्री भएको कटाई बाँकी बकस सदरहरू बदर गरी डिभिजन बेञ्चबाट किनारा भएको सदर ठहरी आजै यस बेञ्चबाट फैसला भएको राजिनामा जालसाज नठहरे पनि बिक्री गर्ने गनपता समेतको हकमा खुस गर्न पाउने जग्गा रहनै नआएकोबाट सो राजिनामा सदर हुन्छ भन्न नमिलेकोले समेत लिखत बदर हुने ठहराएको समेत इन्साफ डिभिजन बेञ्चको ०१९।१०।२८।१ को मनासिव छ । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 325 |
|---|---|
| मुद्दाको विषय | जालसाजी |
| निर्णय वर्ष / मिति | 2021/08/26 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२३, नि.नं. 325 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
