नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3249 · वि.सं. २०४४
नि.नं. 3249 — जग्गा खिचोला हक कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
विवादको जग्गा २०२१ सालमा नापी हुँदा विपक्षीका बाबुले किसानको महलमा आफ्नो नाम लेखाई किसानको व्यहोरामा मेरो आफ्नो हकभोगको र कैफियतमा बेनिस्साबाट भोगि आएको भनी जनाई नापी गराए उपर वादी पुनरावेदकको यो फिराद पर्नु अगावै कुनै उजूर नपरेकोबाट जिकिर बमोजिम खाली मोहिसम्म लेखाएको भन्न नमिल्ने । (प्रकरण नं. १२) वादीले विवादको जग्गाको पश्चिमतर्फ रहेका न.नं. ४ को घर पेटी आफैंले नपाएको यही विवादको जग्गा वादीको भए उस अवस्था आफूलाई ज.ध. देखाई नापी गराउन पर्ने सो गर्न नसकेको, २००९ सालको नक्शा दर्खास्त हाल न.नं. ४ को घर बनाउन नक्शा दिँदा पूर्व आफ्नो एकलौटी भोग भनी विवादको जग्गालाई देखाएकोमा कसैको उजूर नपरेबाट विवादको जग्गामा आफ्नो हक भएको देखिने भन्ने हकमा सर्भेबाट भएको नक्शामा विवादको जग्गाको पश्चिमतर्फ र वादीको भनेको न.नं. ४ को घर पूर्व अर्को जग्गा पनि रहे भएको देखिएको सो नक्शा दर्खास्तमा उल्लेख पूर्व आफ्नो एकलौटी भोग भनेकोले विवाद परेको न.नं. १ को जग्गालाई नै देखाएको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3249 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला हक कायम । |
| निर्णय वर्ष / मिति | 2044/08/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3249 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
