नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3247 · वि.सं. २०४४
नि.नं. 3247 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
अरु स्वतन्त्र सबूदबाट समर्थन हुन बेगर सहअभियुक्तको भनाईको आधारमा अभियोग गरेको ठहर्याउन नमिल्ने । (प्रकरण नं. १९) मौकामा देख्नेलाई अदालतबाट नबुझिएको हुँदा अ.बं. ११५ नं. बमोजिम बुझिनु पर्ने भन्ने हकमा अ.बं. ११५ नं. मा भएको व्यवस्था जिकिर बमोजिम नबुझिएका जति अनिवार्य रुपमा बुझ्नको लागि मुद्दा किनारा गर्न नबुझी नहुने अवस्था परेमा अदालतलाई त्यस्तो प्रमाण बुझ्न सक्षम बनाउनेसम्म व्यवस्था अरु स्वतन्त्र प्रमाणबाट दावी बमोजिम अपराध भए गरे जस्तो देखिन आएमा सो कुरा शंकारहित तवरबाट खम्बिर गर्ने सम्म यो व्यवस्थाको अनुशरण गरी बुझ्ने हो तर प्रस्तुत मुद्दामा त्यस्तो दावी बमोजिम अपराध गरेको भन्ने कहिँ कतैबाट सिद्ध हुन नआएकोमा अपराध नै कायम गरिनको लागि प्रयोग गर्न सो व्यवस्था भएको भन्न नमिल्ने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3247 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2044/07/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3247 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
