नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3243 · वि.सं. २०४४
नि.नं. 3243 — उत्प्रेषण लगायत परमादेश सहित उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
एकपटक निर्णय गरी कायम रहेको विषयमा पुनः कुनै आधिकारिक कानुनी निर्णय बेगर सो बदर भएको मान्न नसकिने । (प्रकरण नं. १५) साविक भूमिप्रशासनबाट भएको निर्णयलाई पुनः भूमि सुधार कार्यालयले बदर गर्न नमिल्ने। (प्रकरण नं. १५) प्रत्यर्थीबाट कूत असूल उपर गर्दै आएको भन्ने गुठी तहसील तथा खर्च कार्यालयको लिखित जवाफको हकमा भूमिप्रशासन कार्यालयको निर्णयबाट कायम भएको देवराज शाहबाट वा निजको मृत्युपछि मोहीको हैसियतले जग्गा कमाउने भनिएका यी निवेदकबाट विवादित जग्गाको कूत असूल नगरी श्रेस्ताबाट मोही नजनिएको प्रत्यर्थीबाट कूत असूल गर्दै आएको भन्ने भनाइसँग सहमत हुन नसकिने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3243 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत परमादेश सहित उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ । |
| निर्णय वर्ष / मिति | 2044/07/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3243 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
