नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 324 · वि.सं. २०२३
नि.नं. 324 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अधिकार बेगर मुद्दा छिनेमा बदर हुने प्रस्तुत मुद्दा ०२२।११।१७ को सूचनाबमोजिम फाल्गुण १७ गते पछि परेको र सो मिति भन्दा अगावै परी छिन्न बाँकी रहेको नदेखिई ०२२।१।१७ मा फिराद परी ०२२।७।२६।५ गते छिनिएको देखियो । उसमा पनि प्राप्त जवाफमा यो ऐन अन्र्तगत अधिकार प्राप्त भई बाली मुद्दा किनारा गरेको हो भनी उल्लेख गर्न नसकी विपक्षी पिताम्बरको मुद्दा दायर हुनु भन्दा अगावै ०२२।२।४ मा नरबहादुरले पिताम्बर उपर मोहियानी हटक खिचोला गर्यो भनी यस विशेष अदालतमा परेको उजुरीबाट निज ढालबहादुर, शेरबहादुरलाई बुझी बयान गर्दा यो मुद्दा झिकी बुझी हेरि पाउँ भनी माग गरेको र सो मुद्दा यो मुद्दा साथै किनारा गर्नुपर्ने मिसिलको अवस्था देखि उक्त बाली मुद्दा झिकाई यो मुद्दासाथ राखी किनारा गरिएको हो भन्ने जवाफ लेखेको पाइयो । प्राप्त जवाफ र कानूनको विचारबाट अधिकार बेगर यो मुद्दा छिनिएको देखिएकाले यो आदेशद्वारा उक्त फैसला बदर गरिएको छ । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 324 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2023/02/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२३, नि.नं. 324 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
