नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 322 · वि.सं. २०२३

नि.नं. 322 — उत्प्रेशणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विशेष अदालत ऐन, २०२३ को दफा ४३ ले परेको मुद्दा झिकी वा पर्नसक्ने मुद्दाहरू विशेष अदालतलाई सुम्पन सकिने भूमिसम्बन्धी ऐनको दफा ३२ अन्र्तगतका मुद्दा नियममा तोकेपछि विशेष अदालतले हेर्न छिन्न मिल्ने नै । भूमिसम्बन्धी ऐनको कतिपय दफा अन्र्तगतका मुद्दाहरू सुम्पेको २१।१०।२६ को गजेटमा प्रकाशित सूचनाबाट देखिन्छ । परेको मुद्दा झिकी वा पर्न सक्ने मुद्दाहरू विशेष अदालतलाई सुम्पन सक्ने अधिकार विशेष अदालत ऐनको दफा ३ मा व्यवस्था गरेको देखिन्छ । सोही अधिकार प्रयोग गरी सरकारले भूमिसम्बन्धी ऐनको दफा ३२ अन्र्तगतका मुद्दाहरू सुम्पेकोमा भूमिसम्बन्धी नियममा अदालत ताकेपछि सो तोकेको अदालतको अधिकार क्षेत्रका मुद्दाहरू विशेष अदालतले हेर्न छिन्न मिल्दैन भनी भन्न मिल्दैन । (प्रकरण नं. ६) (२) भूमिसम्बन्धी ऐनको दफा ५५–अन्यथा बाहेक ऐनबमोजिम तोकिएको अदालतको निर्णय अन्तिम हुने । भूमिसम्बन्धी नियमको दफा १२ तोकिएको अदालतले छिनेको मुद्दामा अपील नलाग्ने । विशेष अदालतले भूमिसम्बन्धी ऐन अन्र्तगत तोकेको अदालत नभई विशेष अदालत ऐन, २०१३ अन्र्तगत गठित भएकोमा विशेष अदालत ऐनको दफा ८ मा अपीलको व्यवस्था भएको हुँदा उक्त ऐन विशेष अदालत ऐनमा अपीलको व्यवस्था भएको र भूमिसम्बन्धी ऐनको दफा ३२ मा सुम्पेकोमा भनी अपील लाग्दैन भनी कटाई कानूनी व्यवस्था नहुँदा यस्तोमा अपील नलाग्ने भन्न नमिल्ने अपील लाग्ने । भूमिसम्बन्धी ऐनको दफा ५५ मा यो ऐनमा अन्यथा लेखिएकोमा बाहेक यो ऐन अन्र्तगत तोकिएको अदालतमा परेको मुद्दा मामिलामा सो अदालतबाट भएको निर्णय अन्तिम हुनेछ र त्यस उपर कुनै अदालतमा अपील वा उजुर लाग्ने छैन भन्ने लेखेको हुँदा भूमिसम्बन्धी नियमावलीको नियम १२ मा तोकिएका अदालतले छिनेको मुद्दाहरूमा अपील नलाग्ने अन्तिम हुने कुरा प्रष्ट देखियो । तर विशेष अदालतलाई सरकारले भूमिसम्बन्धी ऐनको दफा ३२ अन्तर्गतको मुद्दाहरू सुम्पेकोमा सोही ऐनबमोजिम अन्तिम हुने हो कि भन्नालाई विशेष अदालत भूमिसम्बन्धी ऐनबमोजिम तोकेको अदालत नभई विशेष अदालत ऐनबमोजिम गठित अदालत भएको र त्यस्तो विशेष अदालतले छिने उपर अपील लाग्ने गरी विशेष अदालत ऐनको दफा ८ मा व्यवस्था भएकै देखिएकोले र विशेष अदालत ऐन, २०१३ बमोजिम गठित विशेष अदालतबाट छिनेकोमा अपील लाग्ने भएपछि भूमिसम्बन्धी ऐन दफा ३२ अन्र्तगतका मुद्दाहरू सुम्पेकोमा भने अपील लाग्दैन भनी कटाई कानूनी व्यवस्था नभए पछि विशेष अदालतले छिनेकोमा अपील लाग्दैन भन्नु विशेष अदालत ऐनको बिपरीत हुन जाने स्पष्ट देखिएकोछ । यस्तो अपील लाग्ने मुद्दामा अपील नलाग्ने भन्नु विशेष अदालतको निर्णय मिलेको देखिंदैन । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.322
मुद्दाको विषयउत्प्रेशणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2022/12/01
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 322
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्