नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 321 · वि.सं. २०२३

नि.नं. 321 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तत्कालिन प्रचलनमा रहेको कीर्ते कागजको ३ नं.– कस्तो काम कुरालाई जालसाजी मानिने र कस्तो कागजात सा ेको परिधी भित्र नपर्ने ? तत्काल प्रचलित कीर्ते कागजको ३ नं.मा “अर्काको हक मेट्ने, हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलतबले होस नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अंक फरक पारी सहिछाप गरी दिने लिने दुबै थर मिली कागज लेखी सहिछाप गरी दिने लिने कारवाही गर्ने जो हो जालसाजी गर्ने ठहरी बात लाग्छ” भन्ने उल्लेख भएको देखिन्छ । प्रस्तुत केशमा बाबु बाल नरसिंको र कान्छो भाइ गोबिन्द नरसिंको नाउँमा दर्ता भएको बिर्ता रैकर जग्गा सबै तिनै भाइले बराबर बण्डा गर्नुपर्ने हो तापनि अन्ततक बुबा मुमाको साथ बसी बुबा मुमाको सेवा सम्हार भाइ गोविन्द नरसिंले गरेको र उहाँहरू जिबीत छदै उहाँहरूले दिनु भएको राय मुताबिक सो अचल जेथाको ४ भाग गरी २ भाग गोबिन्द नरसिंले र बाँकी २ भागमा ओम नरसिं टेक नरसिंले बराबर गरी लिने दिने भन्ने समेत व्यहोरा पारी खुदै बण्डा गरी दिने लिने पाउने हक भएका व्यक्ति वादीका लोग्ने समेतले मञ्जुर गरी ०९१।२।७।५ मा बण्डा पास गरी दिए लिएको देखिएको । नगरे नभएको झुठ्ठा कुरा गरे भएको भनी उक्त बण्डापत्र पास गरी दिए लिएको नदेखिएकोले यस्तो कुरा उक्त कीर्र्ते कागजको ३ नं.अन्र्तगत जालसाजीको परिभाषा भित्र पर्न नआउने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.321
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2023/01/17
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 321
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्