नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3166 · वि.सं. २०४४
नि.नं. 3166 — अबण्डा जग्गा छुट्याई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
मिति २०३२।१।१३ मा भएको बण्डापत्र यी वादी तथा प्र.हरूका बीचमा भएको नभई वादीहरूका आफ्ना दाजुभाइका बीच भएको देखिन्छ । उक्त बण्डापत्र हेर्दा त्यसमा पहिले गुरुप्रसाद हाल विष्णुमाया दर्ताको बाहुन थर घरवारी विजमाना ।.।६ को जग्गा भन्ने नभई माथिको बारी भन्ने जग्गा सगोलमा राखिएको भन्ने लेखिएको छ । यस बण्डापत्रमा विष्णुमाया साक्षी बसेको देखिएन र साक्षी नबस्ने विष्णुमायाको हक टुट्ने भएन । बण्डापत्रको लेखाइबाट नै वादी दावीको बाहुन थर बिजमाना ।.।६ को जग्गा नै गोश्वारा राखेको हो भन्ने देखिन नआउने । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3166 |
|---|---|
| मुद्दाको विषय | अबण्डा जग्गा छुट्याई पाउँ |
| निर्णय वर्ष / मिति | 2044/08/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3166 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
