नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3160 · वि.सं. २०४४

नि.नं. 3160 — खिचोला चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

जुन घर जग्गा खिचोला गरे भनी वादीले दावी लिएको छ सो घर राजीनामा लिंदाकै अवस्थामा भोगमा भइरहेको भनी आफ्नै लिखतमा देखाएको सो भोगबन्धकी थैली बुझाई पाउँ भनी मालमा कारवाही चलाएको भए पनि भोगको लखमा खाने विपक्षीलाई बुझाई सकेको उक्त थैली बुझाई पाउँ भन्ने मालबाट कारवाही भएको मिसिलबाट देखिन नआएको र अघि थैली बुझाएको ऐन बमोजिम सबुद बेगर राजीनामा लिने वादीले चलन पाउने अवस्था नदेखिएको सो नबुझाए सम्म खिचोला गरेको भन्न नमिल्ने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3160
मुद्दाको विषयखिचोला चलन
निर्णय वर्ष / मिति2044/03/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 3160
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्