नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3156 · वि.सं. २०४४
नि.नं. 3156 — जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
मोही निष्कासन मुद्दा शुरु फैसला भई पुनरावेदन तहमा चल्दा चल्दैको अवस्थामा नाम भूल सुधार गरेको भन्ने स्पष्ट देखिन आएकोबाट मुद्दा चल्दाचल्दैको अवस्थामा भए गरेको त्यस्तो कार्य मान्य हुनसक्ने देखिन आउँदैन । (प्रकरण नं. १४) एकाको हकको जग्गालाई प्रतिवादीहरू एकआपसमा मिली झुठ्ठा व्यहोराको कागज गरी सोही कागजको आधारमा विपक्षी वादीको हक मेटाउने उद्देश्य लिई निवेदन गरी पर्चा गराई सोही पर्चाको आधारमा दर्ता गराएको कार्य जालसाजीबाट भएकै देखिने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3156 |
|---|---|
| मुद्दाको विषय | जालसाजी |
| निर्णय वर्ष / मिति | 2044/03/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्र बहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3156 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
