नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3148 · वि.सं. २०४४
नि.नं. 3148 — उत्प्रेषण्को आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
सूचना प्रकाशित गरेको म्यादमा कोही नआएको एक भाग हकदार स्वास्नी समर्थित भइरहेको प्रमाणबाट देखिनाले मु. ऐन अपुतालीको २ नं. ज.प.का. २(क) तथा मालपोत ऐन, ०३४ को दफा ८ बमोजिम स्वर्गीय पद्म बहादुरको हकमा जग्गा निजकी स्वास्नीको नाउँमा नामसारी गरिएको भन्ने उल्लेख भएबाट निवेदकलाई मालपोत कार्यालय इलामले प्राकृतिक न्याय सिद्धान्त विपरीत अतिक्रमण गरी निर्णय गर्यो भन्न नमिल्ने । (प्रकरण नं. ९) मालपोत कार्यालय इलामबाट नामसारी गर्ने कारवाहीको निमित्त हकदारको नाममा जारी भएको १५ दिने सूचना सम्बन्धमा निवेदक यस अदालतमा आएको नहुँदा रिट निवेदकको जिकिर नै नमिलेकोले रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3148 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण्को आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/03/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 3148 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
