नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2996 · वि.सं. २०४४
नि.नं. 2996 — दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
जालसाजी मुद्दाबाट जबसम्म लिखत बदर मुद्दालाई समेत असर पार्न प्रतिकूल निर्णय हुँदैन तबसम्म लिखत बदर मुद्दाबाट विवादित सट्टापट्टाको लिखत बदर भएको कुरालाई कायमै राखी सो आधारमा जालसाजी सम्ममा दावी नपुग्ने गरेको कुरामा पुनरावेदन नगरेकै आधारमा वादीले चित्त बुझाएको भनी लिखत बदर मुद्दाको फिराद नै खारेज हुने कुरा आउँदैन । (प्रकरण नं. १७) सट्टापट्टा गरी लिएको जग्गा एउटै देखिन आएको वादीले पहिले घरसारमा राजीनामा गरी लिएको जग्गाको राजीनामा पारीत गराई पाउँ भनी मिति २०२६।७।२० मा लिखत पारीत मुद्दाको फिराद अदालतमा परी मुद्दा चल्दाचल्दै सोही जग्गा नै प्रतिवादीले सट्टापट्टा गरी दोहरो पारी लिखत गरी लिएको देखिन आएकोले पछिल्लो लिखत कायम रहन नसकी अघिल्लो लिखत कायम रहने । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2996 |
|---|---|
| मुद्दाको विषय | दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/12/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2996 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
