नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2992 · वि.सं. २०४४
नि.नं. 2992 — परमादेश मिश्रित उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
श्री ५ को सरकारले आय कर ऐन, ०३१ को दफा ४०(१) अन्तर्गत आफूलाई प्राप्त अधिकार महानिर्देशक कर विभाग वा कर अधिकृत मध्ये कुनैलाई प्रत्यायोजन गरी सुम्पन सक्ने । (प्रकरण नं. १२) जबसम्म कुनै कर दाताको सम्बन्धमा खुद आय निर्धारण गर्दा आयकर ऐन, ०३१ को दफा ३३(४) बमोजिम रीतपूर्वक सूचना दिई सो आय सम्बन्धमा खण्डन गर्न वा सबूद प्रमाण साथ सफाई पेश गर्ने मौका प्रदान गरी मात्र खुद आय कायम गरिँदैन तबसम्म त्यस्तो खुद आयलाई कानून बमोजिम कायम भएको खुद आय मान्न मिल्दैन । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2992 |
|---|---|
| मुद्दाको विषय | परमादेश मिश्रित उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/01/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तवको राय । | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय भई मिति २०४३।२।५ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तवको राय सो हदसम्म मनासिब ठहर्छ । यो निर्णयको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2992 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
