नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2990 · वि.सं. २०४४
नि.नं. 2990 — उत्प्रेषण परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै उद्योग औद्योगिक व्यवसाय ऐन, अन्तर्गत स्थापना भई उद्योग दर्ता हुँदाका बखत प्रचलित रहेको कानूनी व्यवस्थाले अन्तःशुल्क छुट सुविधाको उपभोग गर्न पाउने अवस्था हुन्छ र कुनै कानूनी व्यवस्थाले छुट सुविधामा बन्देज लगाएको हुँदैन त्यसबेलामा नै उक्त उपदफा (१)(२)(३) बमोजिम सुविधा पाएको उद्योग सम्झनु पर्ने । (प्रकरण नं. १५) उद्योग दर्ता हुनु भन्दा अघि नै अन्तःशुल्क छुट नदिने गरी श्री ५ को सरकारद्वारा तोकिराखेको र अन्तःशुल्क छुट नपाउने भन्ने सूचना प्रकाशित भए पश्चात मात्र दर्ता भई स्थापना भएको रिट निवेदकको उद्योग देखिएबाट निवेदकको प्रस्तुत उद्योगलाई औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १० को खण्ड (ग) को उपखण्ड (१) बमोजिम अन्तःशुल्क सुविधा पाएको उद्योग भन्न नमिल्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2990 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2044/02/19 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई मिति २०४२।९।१० मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय मनासिब ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2990 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
