नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2989 · वि.सं. २०४४

नि.नं. 2989 — उत्प्रेषण परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै उद्योग दर्ता वा स्थापना हुँदाका बखत प्रचलित ऐनद्वारा कुनै सुविधा सहुलियत संरक्षण प्राप्त गरी राखेको हुन्छ र त्यसबेला कुनै कानून सूचनाद्वारा उक्त सुविधा उपभोग गर्नबाट वञ्चित गराइएको हुँदैन भने त्यस्तो सुविधा उक्त उद्योगमा निहित भई सकेको मान्नु पर्ने हुन्छ र त्यस्तो ऐनले दिएको सुविधा उपभोग गर्न पाउँछ । (प्रकरण नं. १५) औद्योगिक व्यवसाय ऐन, २०३८ को अन्तःशुल्क छुट दिने बारेको व्यवस्था हेर्दा उद्योगको सञ्चालन मितिलाई ऐन बमोजिम दर्ता भई स्थापना भएको उद्योगले कहिले देखि अन्तःशुल्क छुट पाउने वा छुट सुविधा कहिले देखि लागु हुने भन्ने समय अवधि गणना गर्ने प्रयोजनको लागि लिएको देखिन्छ । सञ्चालन मितिले उद्योगले अन्तःशुल्क छुट सुविधा पाउने वा नपाउने भन्ने निक्र्योल गर्दैन । (प्रकरण नं. १५) उद्योग अन्तःशुल्क छुट नदिने बारेको उद्योग मन्त्रालयको सूचना नेपाल राजपत्रमा प्रकाशित हुन अगावै घरेलु उद्योगको रुपमा दर्ता भई स्थापना भएको र औद्योगिक व्यवसाय ऐन, ०३८ को दफा १० को खण्ड (ग) को उपखण्ड (१) बमोजिमको सुविधा निहित उद्योग भएको हुँदा मिति ०४०।६।१८ मा सञ्चालन भएको कारणबाट उक्त उद्योग मन्त्रालयको मिति ०४०।४।१ को सूचना निवेदकको उद्योगको हकमा आकर्षित हुन नसक्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2989
मुद्दाको विषयउत्प्रेषण परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2044/02/19
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई मिति ०४२।९।१० मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ यो निर्णयको प्रतिलिपि प्रत्यर्थी अन्तःशुल्क कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2989
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्