नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2988 · वि.सं. २०४४

नि.नं. 2988 — हिसाब दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

ठेकदारसंगको विवादको टुंगो अन्तिम भुक्तानी मिति ०३८।१२।१ मा भएपछि लागेको भन्ने उल्लेख भएको र वादीको फिराद मिति ०३४।६।१९ मा दायर भई सकेकोबाट नालेश पर्दाको अवस्थासम्म करारनामा बहाल रहेको देखिने । (प्रकरण नं. १४) कमिसन Due हुँदैमा मुद्दा गर्नु पर्ने कारणको सृजना हुने नभई Due भएको कमिशन दिन इन्कार गरेपछि मात्र मुद्दा गर्नु पर्ने कारण मान्नु पर्ने । (प्रकरण नं. २०) हरेक रनिङ बिलको आधारमा हुने भुक्तानीको साथ कमिशनको पनि माग गर्नु पर्ने तथा सो साथै मुद्दा गर्नु पर्ने कारण परेको मिति पनि शुरु हुने भन्ने नमिल्ने । (प्रकरण नं. २०) प्रतिवादीले कमिशन दिन स्पष्ट रुपले इन्कार गरेपछि नै वादीलाई मुद्दा गर्नु पर्ने कारण परेको मान्नु पर्ने । (प्रकरण नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2988
मुद्दाको विषयहिसाब दिलाई पाउँ
निर्णय वर्ष / मिति2043/11/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय भई मिति २०४२।१।३० मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ ।
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2988
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्