नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2986 · वि.सं. २०४४

नि.नं. 2986 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

शब्दको व्याख्या गर्दा सवै अवस्थामा नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० प्रयोग गर्न मिल्दैन । विशेष कानूनमा भएको विशेष व्यवस्थालाई नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० ले काट्न सक्दैन । (प्रकरण नं. २२) भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६(१) मा उल्लिखित छोराहरू भित्र उक्त दफाको प्रयोजनको लागि धर्मपुत्र पर्न सक्ने नदेखिएकोबाट मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी वा आफैले जन्माएको छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई मात्र प्राप्त हुन सक्छ । मोही सम्बन्धी हक धर्मपुत्रलाई प्राप्त हुन सक्ने देखिन्न । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2986
मुद्दाको विषयउत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2043/11/05
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई मिति २०४३।४।१३ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब छ । तर बहुमतको राय नै कायम हुने हुँदा अरु केही गरी रहन परेन ।
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2986
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्