नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2985 · वि.सं. २०४४
नि.नं. 2985 — फैसला
सिद्धान्त / नजिर सार (Headnote Summary)
विवादित जग्गा वादीहरू २ जनाको मात्र साझा हो भन्ने कुराको तथ्ययुक्त सबूद प्रमाण पनि कुनै देखिन नआएको हुँदा विवादित जग्गा वादीहरू २ जनाको मात्र साझा रहेछ भन्न मिलेन। (प्रकरण नं. १६) विवादित जग्गा प्रतिवादीले दर्ता गराउँदा स्ववासी भनी दर्ता गराएको छ तर निजको मात्र एकलौटी हकको हो भन्ने लिखत प्रमाण पेश गर्न सकेको पनि छैन यस स्थितिमा तथ्ययुक्त सबूद प्रमाण बेगर विवादित जग्गा प्रतिवादीको मात्र एकलौटी जग्गा भन्न पनि मिलेन । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2985 |
|---|---|
| मुद्दाको विषय | फैसला |
| निर्णय वर्ष / मिति | 2043/12/10 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको रायसँग सहमत हुन नसक्दा सर्वोच्च अदालत नियमावली बमोजिम फुल बेञ्चमा पेश गर्नु भनी मिति २०४२।१।२४।४ मा माननीय न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय सदर भई सो विवादित जग्गा वादीको साझा कायम हुनु पर्छ भन्ने समेत र वरिष्ठ विद्वान अधिवक्ता श्री मोहनकृष्ण खरेलले विवादित बगैंचा वादीहरूका अंशियारहरूले साझा गरी भोग गरेको कुरा प्रतिवादीले आफ्नो प्रतिउत्तरको प्रकरण ७ मा स्वीकार गरेको छ भन्ने समेत बहस गर्नु भयो । विपक्षी प्रतिवादीतर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री छवीरमण सिटौलाले विवादित जग्गा राजीनामा भित्र पर्दछ । नं. ५ र ३ को बीचको पर्खाल पछि लगाएको हो । ढोका मेरो पक्षतर्फबाट बन्द हुन्छ । वादीहरूले निजहरूको मात्र साझा भनी दावी लिएको छ । मेरो पक्षको समेत साझा भनेको छैन । सो विवादित जग्गामा आवातजावत गर्ने ढोका रहेकोले विवादित जग्गा प्रतिवादीको भन्ने सिद्ध छ । ठुलो कान्छाको घर त्यस ठाउँमा नभएकोले वादीहरूको साझा भन्ने देखिँदैन । तसर्थ वादी दावी नपुग्ने गरेको माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय सदर हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2985 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
