नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2984 · वि.सं. २०४४
नि.नं. 2984 — हातहतियार खरखजाना
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रमुख जिल्ला अधिकारीलाई शुरु कारवाही किनारा गर्न तोकेको मुद्दामा प्रमुख जिल्ला अधिकारी स्वयं कार्यालयमा उपस्थित रहे भएको अवस्थामा निमित्त प्रमुख जिल्ला अधिकारीले आफ्नो इजलास कायम गरी बयान गराउन पाउने अधिकार कुनै कानूनले प्रदान गरेको देखिन्न । (प्रकरण नं. १७) डायर भएको प्रहरी प्रतिवेदन दावी नै खारेज हुने ठहरी निर्णय नभएसम्म इन्साफ दिनु पर्ने काम बाँकी नै रहन्छ । मुद्दामा कुनै एउटा कारवाही बेरीत भएको कारणबाट वा कुनै कर्मचारीले आफूलाई प्राप्त नभएको अधिकार प्रयोग गरी बेरीतको कुनै काम कारवाही गर्दैमा वादीले दावी लिएको कुरामा कारवाही किनारा नै हुन नपर्ने होइन । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2984 |
|---|---|
| मुद्दाको विषय | हातहतियार खरखजाना |
| निर्णय वर्ष / मिति | 2043/10/06 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2984 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
