नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2978 · वि.सं. २०४४
नि.नं. 2978 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफ्नो मानसिक सन्तुलन ठीक भई होस भएको अवस्थामा गृहस्थ जीवनको सर्वोपरी जीवन सहारा आफ्नो श्रीमतीलाई मार्न सम्मकै व्यवहार गरी घाइते पार्नुको साथै बालक छोरा माथि आघातित क्षति गरी मार्न सक्नु र आफ्नो प्राण रक्षाको मुख्य साधनको लागि राखेको अन्न पात धन पैसा र बास बस्ने घर समेतमा आगो लगाई नष्ट भ्रष्ट पार्नु इत्यादि दुर्भिक्ष प्रकृया होश भएको कुनै मानव जातिबाट घट्न सक्ने सम्भाव्य घटना हो भन्न र होश भएकै अवस्थामा यी घटना घटेका हुन् भनी ठहर्याउन मिल्ने स्थिति जाहेरी देखि लिएर बुझिएको साक्षी सरजमीन तथा घाइते भई बचेकी अभियुक्त श्रीमती जसमा समेतका घटना घटेका क्रमको बकाई लेखाई समेत आधार प्रमाणबाट समेत मुलुकी ऐन दण्ड सजायँको १ नं. बमोजिम अभियुक्तलाई सजायँ नगर्ने गरी गरेको इन्साफ मिल्ने देखिँदा मनासिब ठहर्ने । (प्रकरण नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2978 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2043/10/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2978 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
