नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2963 · वि.सं. २०४४
नि.नं. 2963 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादको नक्शा पासको दर्खास्त नगरपञ्चायतमा दिएकोमा जग्गाधनीले रिट निवेदकको नाम उल्लेख नगरी साविक जग्गाधनीको निस्सासम्म उल्लेख गरेको पाइन्छ । प्रत्यर्थी जग्गाधनी नभई मोही भएको कुरामा विवाद छैन । यसै अदालतको निर्णयबाट रिट निवेदक जग्गाधनी देखिन आएको छ । त्यस्तोमा निजलाई ज.ध. नदेखाई परेको नक्शा दर्खास्तबाट निवेदकले उजूर गर्ने स्थिति आएन । त्यस्तो दर्खास्तको आधारमा नक्शा पास गरी गरेको प्रत्यर्थी नगरपञ्चायतको आदेश नगरपञ्चायत ऐन, २०१९ को दफा ४७ को प्रतिकूल भई उक्त निर्णय अनुसार प्रत्यर्थीलाई दिएको नक्शा पासको प्रमाणपत्र उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2963 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2043/07/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2963 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
