नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2957 · वि.सं. २०४४
नि.नं. 2957 — जग्गा खिचोला मेटाई दर्ता बदर गरी दर्ता गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादी दावीको किल्लामा पूर्व लादी खोला, उत्तर लादी खोला भन्ने किल्ला विवादको जग्गासंग मिलेको देखिन आउँछ प्रतिवादीका नक्शा जिरह बमोजिम सो पौवा गुठी जग्गा न.नं. ११, १२, १३, १४ को कि.नं. ३६, ३७, ३८, ३९ को नै हो भन्न प्रतिवादीको दर्ता र प्रतिउत्तरमा समेत किल्ला नखुलेकोले सकिने अवस्था देखिन आएन । तसर्थ वादीको दावी पुग्न सक्दैन भनी तनहुँ जिल्ला अदालतले गरेको इन्साफ मनासिब ठहराएको म.क्षे.अ.को इन्साफ सदर गरेको डिभिजन बेञ्चको ०३९।४।२५ निर्णय मिलेको नदेखिने । (प्रकरण नं. १०, ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2957 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला मेटाई दर्ता बदर गरी दर्ता गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2040/05/17 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2957 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
