नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2954 · वि.सं. २०४४
नि.नं. 2954 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अंश हक छोडपत्र गर्न नपाउने कानूनी प्रावधान भएको देखिन्न, रजिष्ट्रेशनको महलको १ नं. को देहाय १ मा अरु कुनै किसिमले आफ्नो हक छोडी दिएको लिखतको रजिष्ट्रेशन गराउनु पर्छ भन्ने भएकोले सो बमोजिम अंशियारले अंश छोडपत्र गरी दिन उक्त कानूनले बाधा पुर्याएको नदेखिने । (प्रकरण नं. १४) § पाउनु पर्ने अंशमा जहिले सुकै पनि उजूर गर्न पाउने कुरामा विवाद छैन तर जुन अंशको लागि उजूर गर्ने हो सो अंश हक भई बमोजिम छोडपत्र गरी दिएकोछ भने पुनः अंश पाउँ भनी उजूर लाग्ने स्थिति नहुने । (प्रकरण नं. १५) § कानून बमोजिमको अंश छोडपत्रको कागजमा अंशबण्डाको ३० नं. आकर्षित नहुने । (प्रकरण नं. १६) § न्याय मानवीय मूल्यमा आधारित कानूनले निर्धारित गरेको बाटो देखि अलग्ग हुँदैन । कानूनमा नै अंश हकको छोडपत्र गर्न सक्ने कानूनी व्यवस्था छ र सम्बन्धित दुवै व्यक्तिले कानून बमोजिम आफ्नो राजीखुशीबाट अंश हक छोडपत्र गरी दिएको छ भने न्याय अन्यायको लेखा जोखा गर्ने अथवा परिकल्पना गर्ने अवस्था नरहने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2954 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2040/09/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहज्यूको राय । | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय मनासिब छ भनी बहस समेत गर्नु भयो । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2954 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
