नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2953 · वि.सं. २०४४

नि.नं. 2953 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादको घर खरीद गर्दा वादीहरूको समेत मञ्जूरी लिएको भन्ने प्र.को प्रतिउत्तर देखिन्छ तर वादीहरूको मञ्जूरी लिएको कुनै लिखत देखिन्न । यस्तो अवस्थामा विवादको घरमा वादीहरूको समेत हक लाग्ने कुरा प्र.लाई थाहा थिएन भन्ने स्थिति नरहने । (प्रकरण नं. १२) § हक लाग्ने कुनै व्यक्ति चुप लागी बस्दैमा मौकैमा उजूर गर्ने व्यक्तिको समेत हक जान्छ भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) § ज–जसले जालसाजी कृया गर्दछ उस उपर जालसाजी मुद्दा दिने हो । लिखतका साक्षी उपर समेत जालसाजी मुद्दा दिनु पर्छ अथवा निजहरूलाई समेत प्रतिवादी गराउन पर्छ भन्ने कुनै कानूनले वाध्यता गराएको छैन । (प्रकरण नं. १४) § कीर्ते कागजको १ नं. र २ नं. मा कस्तो कुरा कीर्ते ठहर्छ भनिएकोले सोही महलको नं. ३ मा रहेको “लेखिए बाहेक” भन्ने शब्दले कीर्ते कागजको १ र २ नं. मा “लेखिए बाहेक” लाई भनेको रहेछ भन्नु पर्ने स्थिति छ । “लेखिए बाहेक” भनी उक्त शब्दले वादीहरू लेनदेन व्यवहारको महल बमोजिम लिखत बदर गराउनेतर्फ नालेश गर्न आउनु पर्दछ जालसाजीतर्फ आउन सक्दैन भनी न त लेनदेन व्यवहारको महलमा लेखिएको छ न त कीर्ते कागजको महलमा सो बमोजिमको कानूनी प्रावधान छ । दुई उपचारको बाटो भएकोमा दुई मध्ये कुन उपचारको खोजी गर्ने सो वादीहरूको इच्छाको कुरा हो, यस्तो अवस्थामा वादीको फौज्दारीतर्फ जालसाजीमा दावी आएकोमा वादीलाई देवानीतर्फ लिखत बदरमा जानु भनी अदालतले भन्न नमिल्ने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2953
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2040/09/12
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2953
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्