नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2950 · वि.सं. २०४४

नि.नं. 2950 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मेलमिलाप गर्न नसकी सम्बन्ध विच्छेद गराउन श्रेय नदेखिएमा त्यस्तो निवेदनमा कुनै कारवाही नगरी तामेलीमा राख्न पाउने गरी कानूनले पञ्चायतलाई अधिकार प्रदान गरेको नदेखिने । (प्रकरण नं. १२) § नगरपञ्चायतले लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गराउन उपयुक्त देखेन भनें राय सहित अदालतमा पठाउनु पर्दैन, सम्बन्ध विच्छेद गराउन श्रेयस्कर देखेमा मात्र पठाउनु पर्छ भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2950
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2042/09/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय रहेछ । | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तवको राय रहेछ । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको निर्णय सदर हुनु पर्छ भन्ने समेत र विपक्षी शान्ता शाक्यको तर्फबाट विद्वान अधिवक्ता श्री वैद्यनाथ उपाध्यायले लोग्ने स्वास्नीको महल १(क) मा सम्बन्ध विच्छेद गर्न श्रेय नदेखेमा पनि जिल्ला अदालतमा राय पठाउनु पर्छ भन्ने ऐनमा उल्लेख नहुँदा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तवको निर्णय सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको निर्णय मनासिब ठहर्छ । जानकारीको लागि यो आदेशको प्रतिलिपि विपक्षी काठमाडौं नगरपञ्चायतमा पठाई नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2950
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्