नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2912 · वि.सं. २०४३
नि.नं. 2912 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अदालत समक्ष आएर कसूर गरेमा इन्कार रहे तापनि निजहरूको प्रहरीमा गरेको बयानमा उल्लिखित परिस्थिति र पोष्र्टमार्टम एवं जाँच मुचुल्काबाट लाशमा पाइएका लक्षणहरू मेल खान आएबाट उक्त बयान समर्थित भएको देखिन आयो । (प्रकरण नं. २४) (२) प्र.को भान्जी नाताको भएको साथै निजले अवैध गर्भ माइतमा बसी बोकेको कारण सो गर्भपतन गराई लोकलज्जाबाट बच्ना खातिर औषधी खुवाएको, सो औषधीबाट ज्यान मर्ला जस्तो लागि खुवाएको समेत मिसिलबाट नदेखिएकोले ज्यान मार्ने मनसाय प्रतिवादीहरूमा भएको नदेखिने । (प्रकरण नं. २४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2912 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2043/11/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2912 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
