नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2809 · वि.सं. २०४३
नि.नं. 2809 — दर्ता बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) शेषपछि खान पाउने गरी आएको सम्पत्तिको हक कायम हुन नपाउँदै शेषपछिको बकसपत्र दिने धनलक्ष्मी जीवित अवस्थामा ज्ञानमान परलोक भएको हुनाले सो शेषपछिको बकसपत्र स्वतः निस्कृय हुन गई सो को बकसपत्रबाट पनि प्रतिवादीहरूको हक हुने अवस्था रहेन । (प्रकरण नं. १५) (२) मर्नेको नाउँ दर्ताको जग्गाको तिरो हस्तेवारीबाट तिरेको आधारमा मात्र प्रतिवादीहरूलाई हक प्राप्त व्यक्ति भन्न मिलेन । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2809 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर |
| निर्णय वर्ष / मिति | 2043/08/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2809 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
