नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2802 · वि.सं. २०४३
नि.नं. 2802 — सवारी ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) घटनास्थलमा सडकको उत्तरपट्टि घाँसमा १० फिटसम्म मोटरमा अचानक ब्रेक लागी परेको डाम देखिएको भन्ने उल्लेख भएकोबाट प्रतिवादीले चलाएको बस आफ्नो नियन्त्रणमा रहने सम्मको रफ्तारमा रहेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. २१) (२) आफ्नो नियन्त्रणमा नरहने रफ्तारमा दायाँ साइडबाट गाडी चलाई ल्याउनुबाट मानिस मर्न सक्ला भन्ने अन्जाम गर्न नसकेको भन्न नमिल्ने । (प्रकरण नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2802 |
|---|---|
| मुद्दाको विषय | सवारी ज्यान |
| निर्णय वर्ष / मिति | 2043/07/10 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2802 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
