नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2793 · वि.सं. २०४३
नि.नं. 2793 — उत्प्रेषण लगायतको जुन चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) २ नं.र ४ नं.रिट निवेदकको नाउँमा प्रकाशित भएको र प्राप्त गरेको देखिन आएको छैन । रिट निवेदकको निवेदन लेखाइमा पनि २ नं.अनुसूची र ४ नं.जो.अ.नि. लिन नसकेको भन्ने लेख्न सकेको पाइँदैन । यस्तो स्थितिमा निवेदकले पाएको मोहियानी प्रमाणपत्र निवेदककै भन्ने समर्थित हुन नआएको कारण समेतबाट उक्त २ नं.अनुसूची समेतले समर्थित प्रत्यर्थिको मोहियानी हकको जग्गा ठहर्याई भू.सु.का.बाट निर्णय भएको,निर्णय हुँदा आवश्यक सबूद प्रमाण बुझी निर्णय भए गरेको देखिएकाले उक्त निर्णयमा कुनै त्रुटि देखिएन । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2793 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायतको जुन चाहिने उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/06/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2793 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
