नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2701 · वि.सं. २०४३
नि.नं. 2701 — उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) परीक्षणकालमा राखी नियुक्ति गरिएमा कुनै कर्मचारीको सम्बन्धमा परीक्षणकाल समाप्त भइसकेपछि विनियमले प्रदान गरिएका अधिकारहरू मध्ये आफ्नो परीक्षणकालको अवधिमा अरु तीन महीना बढाउन उचित लागी तीन महीना परीक्षणकालको अवधि बढाई पुर्जी नदिई वा निजले आफ्नो परीक्षण कालको अवधिमा गरेको काम सन्तोषजनक, नलागी निजलाई नोकरीबाट हटाएको पुर्जी पनि नदिई नोकरी गरिएकै पदमा बहाल राखी तलब समेत खुवाएमा ६ महीनाको परीक्षणकाल समाप्त भएपछि नियुक्ति सदर (Confirm) गरिएको मान्नु पर्ने । (प्रकरण नं. ११) (२) नियुक्ती स्वतःसदर (Confirm) भएको मानिने विनियममा व्यवस्था नभएको भन्ने आधारमा विनियममा भएको व्यवस्था विपरीत अनिश्चित कालसम्म परीक्षणकाल भइरहेको भन्न न्यायका सर्वमान्य सिद्धान्तको विपरीत पर्न जाने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2701 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/05/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको ठहर रायमा देखाइए बमोजिमको निज नियुक्ति स्वतः सदर ( | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय ठहर मनासिब देखिन आएकोले त्यस्तो नियुक्ति सदर ( |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४३, नि.नं. 2701 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
