नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 270 · वि.सं. २०२२

नि.नं. 270 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सबै अंशियारको हक लाग्नेमा मेरो मात्र हक लेखी दिएमा जालसाजी भन्न मिलेन । किर्तेकागज को ३ नं. मा आर्काको हक मेट्ने म्याद तारेख जाने वा कुनै तरह संग नोक्सान पार्ने इत्यादी जुनसुकै मतलबले होस, नगरेर नभएको झुठ्ठा कुरा गरे भएको भनी वा मिति अंक व्यहोरा फरक पारी सहीछाप गरी दिने लिने दुवै थर मिली कागज लेखी सहीछाप गरीदिने लिने कारवाई गर्ने जो हो, जालसाजी ठहरी बात लाग्छ भन्ने उल्लेख भएको । उक्त लेखिए बमोजिम सबै अंशियारको हक लाग्ने सम्पत्तिमा मेरो मात्र हक भनी नभएको कुरा लेखि व्यहोरा फरक पारी दिएको देखिन आएकोले जालसाजीको परिभाषा भित्र परेको देखिने । (प्रकरण नं.१५) (२) अर्काले पाउने अंश हक मेटिने गरी बकसपत्र लेखि दिएमा बदर हुने । आफ्नो हक अंश जति मात्र दिएको नभई सबै अंशियारको हक लाग्ने सम्पत्तिहरू कसैको हक नलाग्ने, आफ्नो मात्र हक लाग्ने लेखि दिएबाट वादीले पतिको अंशबाट पाउने हक मेटिने गरी लिखत भए गरेको देखिने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.270
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2021/10/09
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२२, नि.नं. 270
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्