नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 269 · वि.सं. २०२२

नि.नं. 269 — माना चामल

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) फैसला उपर मौकामै दोहराउन निवेदन नदिएमा र पछि हालको अवस्था देखाई जिकिर लिएको मुनासिव भन्न नमिल्ने । वादीलाई मासिक माना चामल वापत रु.३५।– का दरले दिएकै छु । हाल अहिले जागिर बहाल समेत टुटी सकेकाले फुल बेञ्चका फैसला अनुसार मासिक रु.१००। दिन सक्ने मेरो अवस्था छैन भन्ने श्यामभक्तको निवेदन जिकिरका हकमा अगाडि ०१९।४।५ मा फुल बेञ्चबाट फैसला भए उपर मौकामा माना चामल बढी भराइयो भनी श्यामभक्त समेतले दोहराइ पाउँ भनी निवेदन दिएको पनि नदेखिन आएको र ०१९।४।५ मा फुल बेञ्चबाट किनारा हुँदा उस बखतसम्मको अवस्था बिचार गरी बेञ्चबाट अघिको अवधिको माना चामलमा निर्णय दिएको । हाल २०।५।२१ मा दोश्रो फुल बेञ्चबाट पनि किनारा भईसकेपछि मात्र हालको अवस्था देखाई मासिक रु.१००। दिन नपरोस भन्ने प्रतिवादी श्यामभक्तको जिकिर पुग्न सक्दैन । (प्रकरण नं.१७) (२) अंशबण्डाको २८ नं.– अंशमा हक पुगी सकेको देखिएमा सगोलैबाट पाउँ भन्ने जिकिर पुग्न नसक्ने । सगोलैबाट माना चामल पाउनु पर्ने भन्ने विष्णुकेशरीको जिकिरका हकमा पनि अंशबण्डाको २८ नं. मा बाबुसंग अंश नभई संग बसेका लोग्नेले सौता भएकी स्वास्नीलाई खान लाउन नदिई निकाला गरेको भए अंशमा नपुगेसम्म ससुरा लोग्नेको समेत इज्जत आमद अनुसार खान लाउन दिनु भन्ने लेखिएको । बाबु परलोक भई श्यामभक्तको अंशमा हक पुगी सकेको देखिएकोले सगोलैबाट पाउँ भन्ने निजको जिकिर पुग्न सक्दैन । (प्रकरण नं.१८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.269
मुद्दाको विषयमाना चामल
निर्णय वर्ष / मिति2021/10/09
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२२, नि.नं. 269
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्