नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 268 · वि.सं. २०२२
नि.नं. 268 — उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) थप सबूत प्रमाण बुझी हक बेहकमा निर्णय दिन पर्ने अवस्था आएमा उत्प्रेषणको रीट जारी गर्न नमिल्ने । निवेदकले बारामालबाट जग्गा विगाह १५/५/१ को चलन पाएको र सो जग्गा भन्दा बेग्लै १७३। विगाह जग्गा २०/१२/१४ का निर्णयबाट गोपवाला धितालले पाएको हो भन्ने समेत विपक्षीले लिखित जवाफ दिएको हुनाले निवेदकले दावी गरेको जग्गा र गोपवाला धितालले पाएको जग्गा एकै हो वा पृथक हो ? भन्नलाई नक्सा सर्जमीन समेतको अरु थप सबूत प्रमाणहरू बुझी यकीन गर्नुपर्ने अवस्था पर्न आएमा उत्प्रेषणको रीट जारी गर्न नमिल्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 268 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2021/06/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२२, नि.नं. 268 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
