नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 266 · वि.सं. २०२१

नि.नं. 266 — परमादेश जारी गरी पाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कानूनमा नालेस गर्न पाउने व्यवस्था भए रीट लाग्न नसक्ने, रसिद भर्पाई माग्दा मालबाट इन्कारी हुनासाथ सबुद प्रमाण पुर्‍याई नालेस दिई आफुले धान बुझाएको खम्बिर गराईसकेपछि रसिद माग्दा नदिएको भए निवेदकको भरपाई पाउने हकमा आघात पुर्‍याएको भन्ने सम्झी निवेदकको उजुर लाग्नसक्ने हुने थियो । (प्रकरण नं. ५) (२) अन्य उपाय छँदाछँदै सर्वोच्च अदालतको असाधारण क्षेत्र प्रयोग गरी रीट जारी गर्न नमिल्ने । अन्य उपाय नभएमा कानूनद्वारा प्रदत्त आफ्नो हक र संवैधानिक हक भएमा अन्य उपाए नभए पनि सो संवैधानिक हक प्रचलन गराई माग्ने पवित्र उद्देश्यले अदालतको समक्ष आउनु पर्दछ । आफूले गर्नुपर्ने काम नगरी धिंगन्याई र खिचोला गर्ने किसिमबाट निवेदक आएको देखिएमा सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्र प्रयोग गरी रीट जारी हुननसक्ने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.266
मुद्दाको विषयपरमादेश जारी गरी पाउँ भन्ने
निर्णय वर्ष / मिति2020/12/12
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 266
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्