नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 260 · वि.सं. २०२१

नि.नं. 260 — उत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदकको कानूनी हकको हनन् नभएमा रीटको आदेश जारी गर्न नमिल्ने । मैजिष्ट्रेटले गरिदिएको भनेको प्रमाणपत्र हेर्दा, “मेरो पति हिज हाइनेस फिल्ड मार्सल श्री केशर सम्शेर ज.व.रा.२०२१ साल जेष्ठ २५ गते ७ जुन १९६४ का दिन परलोक हुनु भएकोले उहाँका नाउँमा रहेको बैंक खाता र कम्पनीका शेयर इन्स्योरेन्स सिक्युरीटीहरू मेरा नाउँमा ट्रान्सफर गर्न म हकदार प्रमाणित गरी पाउँ भन्ने हर हाइनेस कृष्णचन्द्रदेवी राणाको निवेदनबाट ०२१।४।१९।२ मा प्रमाणपत्र दिएकोमा हकदार कायम गरी पाउँ भनी कृष्णचन्द्रदेवी, क्यूर शम्शेर, लोकभक्त शम्सेरसमेतको पुनः संयुक्त निवेदन पर्न आएको । निवेदिका हर हाइनेस कृष्णचन्द्रदेवी राणा हिज हाइनेस फिल्डमार्सल केशर सम्सेर ज.व.रा. को श्रीमती नै हुँदा हकदार प्रमाणित गरी यो प्रमाणपत्र दिएको छ” भनी लेखिएको रहेछ सो प्रमाणपत्रमा पहिले निवेदनको व्यहोरासम्म उल्लेख गरी आखिर निवेदीका हर हाइनेस कृष्ण चन्द्रदेवी राणा हिज हाइनेस फिल्डमार्सल केशर सम्शेर ज.व.रा. को श्रीमती नै हुँदा हकदार प्रमाणित गरी यो प्रमाणपत्र गरिदिएको छ भन्ने लेखिएको देखियो । हर हाइनेस कृष्णचन्द्रदेवी राणा हिज हाइनेस फिल्डमार्सल केशर सम्शेर ज.व.रा. को श्रीमती होइन भनी निवेदकतर्फबाट जिकिर लिन सकेको नेखिएकोले श्रीमतीको हैसियतले उहाँ हिज हाइनेस केशर सम्शेर ज.व.रा. को हकदार हुनुहुन्छ भनी मैजिष्ट्रेटले लेख्नु भएको कुरा असत्य देखिएन । सो प्रमाणपत्रमा हर हाइनेस कृष्णचन्द्रदेवी राणामात्र हकदार हुनुहुन्छ । उहाँ बाहेक अरु कोही हकदार छैनन् भनी लेखिएको नहुँदा हिज हाइनेस केशर शम्शेरको छोराका नाताले निवेदकको कुनै कानूनी हक भए त्यस हकलाई सो प्रमाणपत्रले हनन् गरेको देखिएन । यस्तो हकै हनन नभएको कुरा रीटको आदेश जारी गर्ने नमिल्ने हुँदा यो रीटको निवेदनपत्र खारेज गरिएको छ । (प्रकरण नं. १५) निवेदकतर्फ : सिनियर एडभोकेट देवनाथप्रसाद बर्मासमेत विपक्षीतर्फ : एडभोकेट कृष्णप्रसाद घिमिरेसमेत सरकारतर्फ : एडभोकेट रमानन्दप्रसाद

फैसलाको आधिकारिक विवरण

निर्णय नं.260
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ भन्ने
निर्णय वर्ष / मिति2021/10/02
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२१, नि.नं. 260
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्