नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 258 · वि.सं. २०२१
नि.नं. 258 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अदालतमासमेत साविती बयान दिएपछि पुलिसले सासना गरी सावित गराएको भनी मान्न नमिल्ने । ........मौका पुलिसमा र अदालतसमेतमा खुकुरीको हतियार प्रयोग गरी निजसमेतले कर्तव्य गरी मारेको हुँ भनी सावित भएको देखिन्छ । तर पुलिसले साविती गराएको कुटपीट गरेको चोट डाम छ । निरापराधीलाई सजाय दिइयो भन्ने निवेदकको जिकिर भएको पुलिसमामात्र सावित भएको नदेखिइ लेखिएबमोजिम अदालतसमेतमा आई कर्तव्य गरेमा सावित भई बयान गरेको देखिएको, अदालतबाट पनि कुटपिट गरी सावित गराए भन्ने जिकिर नभएका कुटपिट गरी सावित गराएको प्रमाण निवेदकले कुनै पनि पेश गर्न नसकेकोले कुटपिट गरी सावित गराएको रहेछ भन्न नमिल्ने । वादी मर्ने दुर्गाप्रसादलाई लखेट्दै जाँदा देख्ने भनेका चैते र डल्लीले पनि वारदातमा भएका मानिस त्यही हो भनी सनाखत गरेको देखिएबाटसमेत निर्दोषी छु भन्ने निवेदकको जिकिर पुग्न सक्तैन । (प्रकरण नं. १२) निवेदकतर्फ : बैतिनीक प्लिडर इश्वरीलाल झा
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 258 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2021/08/19 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२१, नि.नं. 258 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
